फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर गरिएको छ । शनिबार दिउँसो सहर परिक्रमासहित फ्रेन्ड्स सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित फिल्मका निर्देशक मिलन चाम्स, कलाकारहरु विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रेअर राई, त्रिचु राई लगायत सहभागी भएका थिए ।धरानका मेयर साम्पाङले फिल्म हेरिरहँदा आफू धेरैपटक रोएको बताए । ‘फिल्म हेरिरहँदा म धेरैजसो समय रोइरहेको थिएँ ।सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर बनेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यही फागुन ११ गतेबाट फिल्म। प्रदर्शनमा आउन लागेको छ ।