फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरिएको छ ।रुकुम पूर्वको लुगुम गाउँबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका छ । अनिल बुढा मगरले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको ३५ दिनको सेड्युलमा रुकुम पूर्वको लुगुम, तकसेरा, ढोरपाटन क्षेत्रमा छायांकन हुने छ । फिल्मका निर्माता जनक घर्ती मगर हुन् । जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले सघाएका छन् ।आगामी वर्षको असार २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा दया र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, कविता आले लगायतको पनि अभिनय रहनेछ ।