केही समयको लागी रोकिएको अनमोल केसी स्टारर फिल्म ‘कृ’को पुन सुटिङ भएको छ । काठमाडौँको विभिन्न स्थानमा यति बेला कृको सुटिङ भइरहेको छ । आउदो माघको अन्तिम साता प्रदर्शन मिति तय गरिएको ‘कृ’ अनमोलको कारण युवा माझ प्रतिक्षित बनिरहेको छ ।

फिल्मका द्धन्द्ध निर्देशक चन्द्र पन्तले आफ्नो फेसबुकमा कृको सुटिङ भइरहेको केही तस्बिरहरू पोस्ट गरेका छन् । नाइट सेड्युलमा छायाङ्कन भइरहेको कृमा अनमोललाई एन्ग्री लुक्समा देखिएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अनमोलको साथमा अदिति बुढाथोकी र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको छ । कृलाई भुवन केसी र सुवास गिरिले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।