बक्स अफिसमा फिल्म ‘दयारानी’ दुई करोडको आसपासमा पुगेको बताइएको छ । माओत्से गुरुङको डेब्यू निर्देशित फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै निर्माण टिमले उक्त कुरा बताएको हो।देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारका लागि देशभर २८ शोज उपलब्ध गराएको छ, जुन उत्साहप्रद हो । यसले पनि फिल्मको व्यापार राम्रो रहेको देखाउँछ ।विशेषगरी पोखरामा फिल्मको व्यापार बलियो छ । त्यहाँको मिडटाउन सिनेमाजले बुधबारका लागि चार शो उपलब्ध गराउनुले पनि पोखरामा दर्शकको चाप राम्रो रहेको संकेत गर्छ । फिल्ममा दयाह्याङ राई , मिरुना मगर , विजय बराल, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ लगायतको पनि अभिनय रहेको छ ।