फिल्म ‘रङ्गेली´ को  ट्रेलर  सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाह्याङ राई देखी सुन्दर धिताल सम्मलाई देखाइएको छ ।  आगामी महाशिवरात्रिको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने छ ।अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।

 

फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गरेका छ्न् ।  फिल्ममा दया र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा , सुन्दर धिताल लगायतको अभिनय रहेको छ ।