फिल्म ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै फिल्मको घोषणा गरिएको हो । अनिल योञ्जनको निर्देशन रहने फिल्ममा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ।ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने फिल्ममा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।