फिल्म  ‘मेयर’को छायांकन सुरु भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मको  छायांकन अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट पहिलो सट्बाट गरिएको हो । खगेन्द्रले सिनेमामा मेयरको भूमिका निवार्ह गर्दैछन् । पटकथा प्रडक्शनको ब्यानरमा बन्न लागेको फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाको छायांकन रहनेछ ।फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ ।शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् ।