फिल्म ‘गोर्खा वारियर´ आजबाट रिलिजमा आएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्म ।गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर बनेको हो ।निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ ।चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा फिल्म निर्माण गरिएको हो । फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।