फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ ।
रामबाबु गुरुङ निर्देशित फिल्म बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ ।