नायिका रेखा थापाले पहिलो सन्तानलाई जन्म दिएकी छिन्।अमेरिकामा थापाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पति बलराम शाही ठकुरीको परिवार सहित अमेरिका रहेकी रेखाले आज पहिलो सन्तानलाई जन्म दिएकी हुन्। रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् । नायिका थापाले बलरामसंग प्रेम विवाह गरेकी थिइन्। छोरी र पतिसंगको तस्विर शेयर गर्दै रेखा लेख्छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ।