फिल्म ‘ह्रस्व दीर्घ‘ को अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । नायिका निता ढुंगानाको निर्माण रहेको फिल्म नेपाली तथा तेलेगु भाषामा  रिलिज हुने छ । यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राईको इ–पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् ।चन्द्र पन्त निर्देशित फिल्ममा ब्रम्हानन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक प्रदीप रावतको समेत अभिनय रहेको छ ।हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धितामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।