अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहेको फिल्म  ‘नमेटिने घाउ’ फ्लोरमा गएको छ । पोखराको  विन्धावासिनि मन्दिरमा शुभमुर्हत गर्दै फिल्मको छाँयाकन थालनी सुरु गरिएको हो । फिल्म पोखरा ,वीरगन्ज , चपुर लगायतठाउँहरुमा खिचिँदै छ भने  छायांकनको सेड्युल ३० देखी ३५ दिनलाई राखिएको छ ।  शिवं अधिकारीको लेखन् रहेको फिल्मको कथा एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथामा आधारित छ। फिल्ममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ,माधवकुमार नेपाल , रवि लामिछाने , ज्ञानेन्द्र शाही लगायतका राजनीतिज्ञ देखी अन्य कलाकार आरती आचार्य , उमेस सुनाम , आर्जु , सिजन राउत , इभा गिरी ,प्राप्ति पौडेल, विशाल देवकोटा , कमल देवकोटा ,अर्जुन दुलाल , रोहित श्रेष्ठ, सन्दिप बाबु लोहनी लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई नीरज कँडेलले खिचिरहेका छन् ।  

Cine Pati Cine Pati Cine Pati

भिडियो: