फिल्म  ‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ ।  गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर तथा अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द रचना छ ।गीतमा मुकुन भुसाल,रेखा थापा, समर्पण जंग कार्की  पूजा शर्मा, तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ ।रेखा फिल्मस् र कपनगढी फिल्मको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा, पुजा, मुकुन, बेनिशा, तेज, र समर्पणका अलवा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभरस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको पनि अभिनय छ ।अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद फिल्ममा रहेको छ । 

 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन देख्न सकिन्छ ।