फिल्म ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति जनाउदै सेन्सरए बोर्डले फिल्म रोकेको हो । बोर्डले फिल्मलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्मलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ । सेन्सरका पदाधिकारीहरुले फिल्म हेरेका थिए । त्यसपछि नाममा आपत्ति जनाउँदै बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । बोर्डले केही दृश्य र संवाद मिलाउन पनि आग्रह गरेको जानकारी प्राप्त छ । ‘रङ्गेली’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । ग्याङस्टर जनरामा निर्माण भएको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ ।