पदम राई र सुनिता सनेक लिम्बुको आवाजमा `हातैमा लेखेको´ सार्वजनिक भएको छ । डी पी खनालको शब्द र तारा प्रकाश लिम्बुको कम्पोज  रहेको गीतलाई सागर लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा रिया लामा , पदम राई,सुनिता सनेक लिम्बु र निम् बाबु तामाङको अभिनय रहेको छ ।

सम्भब सुवेदीको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।भिडियोलाई पदम राईकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।