व्यापारिक तथा समीक्षामा सफल मानिएको चलचित्र ‘झोला’ युनिटले दाइजो प्रथामा आधारित चलचित्र ‘भोर’ बनाउने भएको । यादवकुमार भट्टराईको निर्देशन रहेको चलचित्रको गुपचुप रूपमा छायाङ्कन भइरहेको थियो । मध्यपूर्वी जनकपुरमा छठको अवसर पारी पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्रको छायाङ्कन सकिएको जानकारी दिए । चलचित्रको सम्पूर्ण छायाङ्कन जनकपुर आसपासका स्थानमा भएको निर्माण युनिटले बताएको छ । मधेसमा जरो गाडेर बसेको दाइजो प्रथाको विषयलाई चलचित्रमा समेटेको निर्देशकले जानकारी दिए। भोरमा अधिकांश मैथिली भाषी कलाकारहरूको अभिनय रहेको समेत बताए। चलचित्रमा मुख्य पात्र मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर छन् भने उनको साथमा मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरूले अभिनय चलचित्रमा रहेको छ ।
कृष्ण धारावासीको कथामा बन्दै गरेको चलचित्रलाई देवेन्द्र प्रसाद सुवेदी, राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गरेका हुन् ।