`केटी हराएको सूचना’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा नाजिर हुसेन र नायिका सृष्टिश्रेष्ठको मुख्य भुमिका रहेको छ । ।ट्राइसिटी पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता नकिम उद्दिम हुन् । अम्बर महर्जन छायांकार रहने फिल्मलाई काठमाडौँ र जनकपुरमा छायांकन गरिने जनाइएको छ । निर्देशक गौचनले करिब तीन दशक अगाडि बालविवाहको विषयमा टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।