फिल्म ‘रङ्गेली’लाई लिएर मोरङ नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवालले खुसि ब्यक्त गरेका छ्न् ।सामजिक सन्जालमा  भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरेका हुन् ।भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली फिल्म ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन् । साथै फिल्म  मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् ।यही फागुन २५ गतेबाट रिलिज हुने फिल्ममा  दयाहाङ राई , मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।