अभिनेत्री ऋचा शर्मा फिल्म  ‘मेयर’को छायांकनमा जोडिएकी छन् ।  दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको फिल्मको छायांकन सेटबाट प्राप्त तस्वीरमा भने ऋचालाई कालो रंगको कुर्था-सुरुवालमा देख्न सकिन्छ ।उनी अभिनेता खगेन्द्र लामिछानेको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेको ‘मेयर’मा खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहनेछ ।