फिल्म ‘बेहुली फ्रम मेघौली´ को चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बन्न लागेको फिल्ममा स्वस्तिमा स्वयं मुख्य भूमिकामा देखिँदैछिन् भने उनको जोडी निश्चलसँग बाँधिएको छ ।ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । फिल्ममा स्वस्तिमा खड्का मुख्य भुमिकामा देखिदै छिन् । आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।