फिल्म ‘रङ्गेली’ लाई प्रीमियरमा रुचाइएको छ । बुधबार साँझ काठमाडौंमा प्रिमियर राखिएको थियो । फिल्मले प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त गरेको हो । प्रिमियरमा पत्रकार देखी फिल्मकर्मीहरुको समेत उपस्थिति रहेको थियो । फिल्ममा निर्देशक अर्जुन सुवेदीको कामको प्रशंसा हुँदा छायांकन पक्ष र कलाकारहरुको अभिनय पनि रुचाइएको थियो ।रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ ।फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् । फिल्म भोलीबाट प्रदर्शनमा आउदै छ ।