आजबाट सिनेमा घरमा दुई फिल्म प्रदर्शनमा आएका छन् । ठला ब्यानरका दुई फिल्म `रङ्गेली´ र `उपहार´ रिलिजमा आएका हुन् ।  अर्जुन सुवेदीको निर्देशन र लेखन रहेको फिल्ममा दयाह्याङ राई ,मिरुना मगर ,प्रविन खतिवडा , सुन्दर धिताल, प्रभाकर न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ ।यसै गरी ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा रेखा थापा, पूजा शर्मा , बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।