फिल्म `दान्भी´ र `फर्की फर्की´ बिच टकराव हुने भएको छ ।आगामी जेठ १० गतेबाट अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउने तयारीमा छ । अब यो मितिमा पूजाको एक्सन फिल्म ‘दान्भी’ पनि आउने निश्चित भएको हो । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।