फिल्म ‘पुजार सार्की’ मा बाट अभिनेता प्रदीप खड्काको लूक्स सार्वजनिक भएको छ । कास्कीको कास्कीकोटमा छायांकन भइरहेको फिल्म सेटबाट  प्रदिपको लुक्स बाहिरिएको हो ।   फिल्ममा उनी ‘मैत बहादुर’ क्यारेक्टरमा देखिदैछन्। लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर दमाहा बजाउँदै गरेको गेटअपमा प्रदिप देखिएका छ्न् । दिनेश राउतको निर्देशनमा तयार हुँदै गरेको फिल्ममा आर्यन सिग्देल र पल शाहको पनि मुख्य भूमिका रहेको छ। अञ्जना बराईली र परिक्षा लिम्बू फिल्ममा अभिनेत्रीको रुपमा रहेका छन्। विकास सुवेदीको लेखन रहेको फिल्मलाई सुभाष भुषालले निर्माण गरेका हुन् ।