गत  शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘रङ्गेली’ले प्रदर्शनको दुई दिन घरेलू बक्स अफिसमा सुखद् व्यापार गरेको छ । काठमाडौं र मोफसलका धेरैजसो हलहरु हाउसफुल रहेका छ्न्  । फिल्म हेरेका दर्शकले फिल्मको क्लाइमेक्स मनपराएका छन् । अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गरेका छ्न् ।  फिल्ममा दया र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा , सुन्दर धिताल लगायतको अभिनय रहेको छ ।