फिल्म ‘अञ्जिला’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको पोष्टरमा अञ्जिलासंगै दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर वान गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण भएको फिल्ममा अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई उठान गरेको छ ।फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको अभिनय रहेको छ । मिलन चाम्सले निर्देशन गरेको फिल्मलाई सुदिप बरालले खिचेका हुन् ।