नेपाली फिल्म फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ ।आगामी वर्षको जेठमा लण्डनमा हुन लागेको महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने जनाइएको छ ।नेपालबाट ४० जना फिल्मीकर्मी महोत्सवमा सहभागी हुने जनाइएको छ ।थर्ड आईले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसमध्ये दशवटा फिल्मलाई मनोनयन गरेर पाँचवटालाई अवार्ड प्रदान गरिनेछ । महोत्सवमा भाग लिन चाहने फिल्मका मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्नेछन् ।