गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ रिलिज भएको छ । गायक काफ्लेकै शब्द रचना र संगीत गीतमा रहेको छ ।

सुनिल शिव भक्त्तीको निर्देशन र सम्पादन रहेको भिडियोलाई  मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता छेत्री,नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ । गायक काफ्लेका यस अघिका दुई गीत 'माया बिरानी' र 'नाच फिरिरि' `लज्जावती झार´लगायत गीतहरु निकै सफल र लोकप्रिय बनेका छन् ।