फिल्म ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा निर्देशक अर्जुन सुवेदीको शब्द रचना रहेको छ । हाल फिल्म सिनेमा घरमा रिलिज भइरहेको छ । 

माउथ अफ पब्लिसिटि अब्बल रहेको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् । ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।