फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हुन्।  सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा देखिन्छन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ।