फिल्म `महाजात्रा´ टिम यतीबेला मोफसल टुरमा रहेको छ । फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण टिम फिल्मको प्रचार प्रसारमा तिव्र गतीमा लागेका हुन् । मोफसलका दर्शकसँग भेटघाट तथा साक्षात्कार गर्ने उद्देश्यले झापाको विर्तामोडबाट 'महाजात्रा' टिमले दोस्रो चरणको प्रमोसन यात्रा सुरु गरेको हो।म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मलाई निर्देशक प्रदीप भट्टराइले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक रहेको फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ फिल्म  प्रदर्शन हुनेछ ।