छाँयाकनको क्रममा रहेको फिल्म `पुजार शार्की´ बाट केही दिन अघी अभिनेता प्रदीप खड्काको लुक्स  सार्वजनिक भएको थियो ।उक्त लुक्सको चर्चा नसकिदै सोही फिल्मबाट अर्का अभिनेता आर्यन सिग्देलको लुक्स पनि बाहिरिएको छ  ।आर्यनको लुक्स भिडियो मार्फत बाहिरिएको हो । भिडियोमा आर्यन दमाहा र पञ्चेबाजाको तालमा नाचिरहेका छन् । ढाकाटोपी लगाएका उनको लामो टुप्पी देखिन्छ ।फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरिरहेका छन् । साथै फिल्ममा आर्यन र प्रदीपको अलावा पल शाहको पनि मुख्य भुमिका रहेको छ ।