एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यसलगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् । ‘होस्टेल’ मुभिबाट सिने जगतमा पाइला चालेकी प्रकृतिले  ‘उत्सव’, ‘जिन्दगी रक्स्’ चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो र चलचित्रबाट चर्चामा रहँदै गर्दा उनी करिब तिन वर्ष अघि सुदिप न्यौपानेसँग विवाह बन्धनमा बाँधिएर अस्ट्रेलिया पलायन भइन् ।

 

‘सानै उमेरमा मोडलिङमा लागे । मलाई गाइड गर्ने पनि त्यो समय कोही थिएन । लगातार म्युजिक भिडियो र चलचित्रको अफर आइरहेको थियो । त्यसैले केही समय ब्रेक मात्र लिएको हो । ’ सिनेपाटीसँग कुरा गर्दै अाफुले कलाकारिता नछाेडेकाे प्रकृति बताउछिन् । उनी हाल अस्ट्रेलियामा आफ्नो श्रीमानसँग बस्दै आइरहेकी छिन् । अस्ट्रेलियामा डेन्टल नर्सिङ पढिरहेकी प्रकृति राम्रो चलचित्रको प्रस्ताव आए काम गर्ने तयार भएकाे  बताइन् । उनी भन्छिन् ‘केही समय ब्रेक लिएको कारण होला, अब आफू तयार भएको जस्तो लाग्छ । राम्रो कथा लिएर कसैले अफर गर्छ भने म चलचित्र खेल्न तयार छु ।’