दोश्रो हप्तामा ‘रङ्गेली’ र `उपहार´ प्रवेश गरेको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको फिल्मले दर्शकको माया पाउदै दोश्रो हप्तामा प्रवेश गरेको हो । उक्त दुवै फिल्मले बक्स अफिसमा राम्रो ब्यापार पनि गरिरहेका छन् । अर्जुन सुवेदीको निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, रबीन बोगटी, सुन्दर धिताल लगायतको मुख्य भूमिका रहेको छ । सिनेमाका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई तथा शिव शंकर चौलागाईँ स-निर्माता हुन् ।यसै गरी 

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्मबाट अभिनेत्री रेखा थापाले ‘मालिका’ रिलिजको ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन ।रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।