फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । हिन्दी भासामा डब गर्दै फिल्मलाई भारतमा पनि रिलिज गरिन लागिएको हो । भारतका एक सयभन्दा बढी सिनेमा हलमा फिल्म रिलिज हुनेछ ।एन मुभिजले ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता धेरै भारतीय फिल्मको वितरण गरिसकेको छ । एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरुमा फिल्म वितरण पनि गर्दै आइरहेको छन् ।साथै,चाँडै क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि फिल्म प्रदर्शन हुँदैछ ।अर्जुन सुवेदीको निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, रबीन बोगटी, सुन्दर धिताल लगायतको मुख्य भूमिका रहेको छ । सिनेमाका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई तथा शिव शंकर चौलागाईँ स-निर्माता हुन् ।