फिल्म ‘सिड्नी ब्लुज’को निर्माण घोषणा गरिएको छ । मुख्य भुमिकामा अभिनेता पुष्प खड्का र अभिनेत्री अञ्जना बराइलीलाई अनुबन्धित गर्दै फिल्मको जानकारी गराइएको हो । शंकर कार्कीको निर्देशनमा निर्माण हुने फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरेले लेखेका हुन् ।आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले निर्माण गर्ने फिल्मको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । फल्मकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्मातामा धर्म सुवेदी छन् ।फिल्ममा रवीन्द्र झा, शिव आर ठकुरी लगायतको मुख्ख भूमिका रहनेछ ।