फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा सोमबार महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ ।निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै २५ प्रतिशत छूटको व्यवस्था गरिएको उल्लेख छ ।डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म महिलाको कथामा आधारित भएर निर्माण गरिएको छ ।सौरभ चौधरी निर्देशित फिल्म गत फागुन १८ गतेबाट प्रदर्शनमा आएअको थियो । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन रहेको फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा रहेका छन् ।