फिल्म ‘घरज्वाइँ’को छायांकन सकिएको छ । रुकुम पूर्वको लुगुम गाउँबाट सुरु भएको छायांकन एक महिनामा ‘प्याकअप’ भएको हो । छायांकन सकिएपछि रुकुमका स्थानीयहरुले फिल्मको टिमलाई फूलमालाले विदाई गरेका छन् ।अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् । जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् ।बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खबपु पुन आदिको पनि अभिनय  रहेको फिल्म असार २८ गतेबाट प्रदर्शन हुँदैछ ।