अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । फिल्मको शीर्षक नखुलाइएको फिल्ममा यि दुई तय भएको बुझिएको हो । फिल्म साइ-फाई जोम्बी जनरामा निर्माण हुने जनाइएको छ ।प्रदीप शाहीको निर्देशन र लेखन रहेको फिल्ममा कार्यकारी निर्मातामा विनोद सुवेदी खत्री ‘क्षितिज’ छन् ।शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।आगामी वर्षको बैशाखपछि फिल्मको छायांकन सुरु गर्ने योजनामा निर्माण टिम छ ।