फिल्म `उपहार´यतीबेला अमेरिकामा प्रदर्शन भैरहेको छ । हाउसफुल दर्शकका साथ फिल्म प्रदर्शन भैरहेको अभिनेत्री रेखा थापाले जानकारी गराएकी हुन् । आइतबार हार्किन्स थिएटरमा आयोजित फिल्मको पहिलो शोजमा दर्शक ‘ओभरफ्लो’ भएको र फिल्म हेर्न गएका ४० प्रतिशत दर्शक टिकट अभावले फर्किएको बुझिएको छ । मंगलबार कोलोराडोमै फिल्मको अर्को शोज पनि राखिएको छ ।ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, सुष्मा कार्की, समर्पणजंग कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल लगायतको अभिनय छ ।