आँउदो शुक्रवार देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जत्ता’मा अभिनेता दयाहाङ राईको पनि अभिनय रहेको खुलासा भएको छ । सोमबार राती निर्माण पक्षले दयाको फोटो फेसबुकमा राख्दै यो कुरा खुलाएको हो । चलचित्रमा नायिका वर्षा राउत भएको निर्माणपक्षले खुलाएको थियो भने दयाहाङको बारेमा बोल्न चाहेको थियो । सार्वजनिक चलचित्रको पोस्टरमा दयालाई भिन्न रूपमा देखाइएको छ ।

 उक्त पोस्टरमा उनी देवीको अवतारमा छन् । निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियाको साथमा विशेष भूमिका वर्षा राउत र दयाहाङको छन् । चलचित्र कात्तिक १७ गतेबाट अल नेपाल रिलिज हुने छ ।