फिल्म ‘पुजार शार्की’को छायांकन सकिएको छ । ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायांकनसँगै फिल्मको प्याकअप भएको हो । आर्यन सिक्देल, प्रदीप खड्का र पल शाहले ‘दर्शन गरेँ हल्का निहुरेर’ गीतमा नृत्य गरेका छन् ।निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्मको कथा विकास सुवेदीले लेखेका छन् ।