फिल्म `महाजात्रा´को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै आफ्ना देशभरका स्क्रिनमा ७० शो पाएको छ । यता देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १५ शो दिएको छ । यस्तै, बिग मुभिजले ५ शो, वान सिनेमाज्ले १६ शो, एफक्युबले ७ शो, बिएसआर मुभिजले ५ शो, रञ्जना सिनेप्लेक्सले ९ शो, सिके सिनेमाजले ७ शो, क्युज सिनेमाज्ले ९ शोज दिएका छन् । फिल्मले देशभरका सिनेमा हलमा करिब २५० बढि शो पाएको छ ।प्रदीप भट्टाराई लिखित तथा निर्देशित फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको फिल्ममा अभिनय छ । चैत्र ९ गतेबाट फिल्म रिलिजमा आउदै छ ।