फिल्म ‘मोदीबेनी’को छायांकन सक्किएको छ । ३१औं दिनमा फिल्मको प्याकअप भएको हो । फिल्मको छायांकन दुई चरणमा भएको थियो ।पहिलो चरण काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो ।शंकर कोइरालाको निर्देशन रहेको फिल्ममा डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भैरहेको हो । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् ।फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।