फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ ।सार्वजनिक ट्रेलरमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा सिनेमाका मुख्य कलाकार जय किसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई देखाइएको  छ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।


 

 

फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ ।