आजबाट फिल्म `महाजात्रा´ रिलिजमा आएको छ । बिहान देखी हाउसफुल दर्शकको साथ प्रदर्शनमा आएको फिल्मलाई प्रदीप भट्टराईको लेखन तथा निर्देशन गरेका हुन् । फिल्मले नेपालमा ३४२ भन्दा धेरै शो पाएकोे छ ।अग्रिम बुकिङ खुलेदेखिनै उत्साहजनक टिकट बिक्री भएको फिल्म आज बिहानैदेखि हाउसफुल छ । ८० प्रतिशतभन्दा माथि अनलाइन बुकिङ र बाँकी डोरसेल गर्दा फिल्म हाउसफुल भएको हो ।फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । साथै, जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकारको रुपमा छ्न् । फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।