फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् ।लामो समयदेखि मुम्बई मा रहदै आएका समिरले अभिनय, मार्सल आर्ट, नृत्य तथा द्वन्द्वको तालिम गरिरहेका थिए ।आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी छन् ।