फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ ।निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच  औपचारिक निर्माण घोषणा गरिएको हो ।फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज हुने छ । अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ ।एक्सन जनरामा निर्माण हुने फिल्ममा अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ ।