अभिनेत्री निता ढुंगाना सन प्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ उनीद्धारा अभिनित चलचित्र ‘पञ्चायत’ सहभागी भएको थियो । ‘पञ्चायत’ले विदेशी भाषाको उत्कृष्ट चलचित्र विधा र अभिनेत्री निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार जित्न सफल भएकी हुन् । नेपालमा राष्ट्रिय पुरस्कार समेत पाइसकेकी निता सानै उमेरदेखि कलाकारितामा आबद्ध छिन् ।

५० वर्ष पुरानो कथामा बनेको चलचित्र ‘पञ्चायत’मा निताले त्यो समयको किशोरीको भूमिकामा देखिएकी छिन् । शिव्म अधिकारीको लेखन र निर्देशन रहेको चलचित्रमा निताको साथै सरोज खनाल, रुपा राना, गणेश गिरी,जाहन्वी बस्नेत, विशाल पहाडी, गीता अधिकारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।