चर्चित शो ‘कमेडी च्याम्पियन’ का निर्देशक निर्देशक विशाल भण्डारी दुर्घटनामा परेका छ्न् ।  विशाल सहित टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । घाइतेमध्य एकजनाको अवस्था गम्भीर छ ।